scheduleबिहिवार भाद्र ५ गते, २०७६

जहाँ बाल यौन हिंसा गर्नेलाई नपुंसक बनाइन्छ …


अल्बामा, २९ जेठ । अमेरिकाको अल्बामा राज्यमा बच्चालाई यौन शोषण गर्ने व्यक्तिलाई नपुसंक बनाइन्छ । सोमबार मात्रै अल्बामाका गभर्नर काय इवेले ‘रसायिक नपुंसकता’ सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।

विधेयकमा अल्बामामा १३ वर्षभन्दा कम उमेरका बच्चामाथि यौन अपराधको दोषीलाई नपुंसक बनाउने प्रावधान रहेको छ । अल्बामा यस्तो प्रकारको कानुन लागू गर्ने अमेरिकाको पहिलो राज्य बनेको छ ।

यौन हिंसाका दोषीलाई कहिलेसम्म र कति मात्रामा यस्तो औषधि दिनेबारे निर्णय गर्नेछन् । यसको खर्च पनि आरोपी स्वयम्ले वहन गर्नुपर्ने हुन्छ । उक्त विधेयक रिपब्लिकन प्रतिनिधि स्टिभ हर्स्टले प्रस्तुत गरिएको हो । यसलाई अल्बामाको दुवै सदनमा पारित गरिनेछ ।

गभर्नर काय इवे भन्छन्, ‘जघन्य अपराधका लागि जघन्य सजायँ हुनुपर्छ । त्यतिबेला मात्र अपराधीको मनमा डर पैदा हुन्छ । अहिले अपराधीको मनमा कुनै डर छैन । यसर्थ, यस्ता अवराधहरु निरन्तर बढिरहेका छन् ।’

नयाँ कानुनमा दोषीलाई हिरासतबाट रिहा गर्नुभन्दा पहिला वा तारेखमा रिहा हुनुभन्दा एक महिना पहिला औषधिको सुई लगाइनेछ । यसबाट शरीमा टेस्टोस्टेरोन पैदा हुनेछैन । दोषीको शरीरमा थप अरु हर्मोन पनि लगाउने गरिन्छ ।

उता, कयौं राज्यमा बन्दीमाथि रासायनिक औषधिको प्रयोग गर्ने कामप्रति चिन्ता जनाइएको छ । उनीहरुका अनुसार औषधि कतिपटक लगाउने भन्नेबारे कतिपय कानूनी समूहले चिन्ता जनाएका छन् ।
बाल यौन शोषण सवालमा नपुंसक बनाउने सजायँ दक्षिण कोरियामा २०११ देखि र इन्डोनेसियामा २०१६ देखि दिइन्छ । त्यतिबेला इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भनेका थिए, ‘बाल यौन हिंसाको मुद्दामा हामी कुनै सम्झौता गर्न सक्दैनौं ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage