scheduleबिहिवार भाद्र ५ गते, २०७६

हङकङमा विशाल प्रदर्शन, मुख्य सडक अवरुद्ध

एजेन्सी, २९ जेठ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकविरुद्ध भइरहेको प्रदर्शन थप चर्किएको छ । बुधबार भएको प्रदर्शनका कारण हङकङको मुख्य सडक अवरुद्ध भएको र  प्रदर्शनकारीले प्रमुख प्रशासनिक कार्यालयहरु घेराउ गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

केही दिनअघि हङकङ सरकारले सुपुर्दगीसम्बन्धी नयाँ विधेयक संसदमा निर्णयार्थ पेश गर्न लागेपछि प्रदर्शनकारीहरु विरोधमा उत्रिएका हुन् । बुधबार संसदमा विधेयकमाथि छलफल हुनुपूर्व ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरु संसद भवन अगाडि धर्ना दिएका छन् । प्रदर्शन चर्किएपछि विधेयकमाथिको छलफल स्थगित भएको समेत समाचारमा बताइएको छ ।

सरकारले भने वाक स्वतन्त्रता तथा शान्तिपूर्व प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ । तर उक्त कानुन दुरुपयोग हुन सक्ने र चिनियाँ स्वार्थअनुसार कानुन बनाउन लागिएको भन्दै प्रदर्शन भएको हो ।

नयाँ सुपुर्दगी विधेयकले कानुनी रुप पाएमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्न सक्नेछन् ।यद्यपी अपराधमा संलग्नलाई सुपुर्दगी गर्ने वा नगर्ने भन्ने विषय अपराधको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage