scheduleशुक्रवार आश्विन ३ गते, २०७६

सरकारले आ–आफ्नो अधिकारलाई सही ढङ्गले बुझ्न नसक्दा समस्याः मन्त्री जम्मरकट्टेल


हेटौंडा, २९ जेठ । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकारलाई सही ढङ्गले बुझ्न नसक्दा समस्या भएको बताएका छन् ।

बुधबारदेखि यहाँ शुरु भएको प्रदेश नं ३, प्रदेश परिषद्को दोस्रो बैठकमा उनले भने, ‘तीनै तहको सरकारको काम, कर्तव्य र अधिकारका बारेमा संविधानले प्रष्ट व्यवस्था गरे पनि विकास निर्माणका सवालमा ती सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुन नसक्नु दुःखद् कुरा हो ।’

मन्त्री जम्मरकट्टेलले स्थानीय सरकारले प्रदेशसभा सदस्यसँग सहकार्य गरेन भन्ने गुनासो आएको बताउँदै तीनवटै सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रदेश नं ३ का मुख्यसचिव आनन्दराम ढकालले मुलुकको विकास र समृद्धिका लागि तीनवटै सरकारका बीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage