scheduleबिहिवार भाद्र ५ गते, २०७६

साउदी अरेबियाको विमानस्थलमा क्षेप्यास्त्र प्रहार, दर्जनौं घाइते

एजेन्सी, २९ जेठ । साउदी अरेबियाको आभा विमानस्थलमा क्षेप्यास्त्र हमला भएको छ । उक्त हमलामा परी दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

क्षेप्यास्त्र हमलामा परी कम्तिमा पनि २६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । घाइते हुनेमा बालबालिका र महिलासमेत रहेको समाचारमा उल्लेख गरिएको छ ।

तर साउदी अरेबियाका समाचारमाध्यमले आफ्ना राजालक्षित उक्त हमलाबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ। दुईवटा सँगै जोडिएका ड्रोनहरुबाट हुथी विद्रोहीहरुले हमला गरेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage