scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

वार्नर र फिन्च चम्किँदा अष्ट्रेलियाले दियो पाकिस्तानलाई ३०८ रनको लक्ष्य

काठमाडौं, २९ जेठ । एक दिवसीय  क्रिटेटअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष प्रस्तुत गरेको छ ।

इङल्याण्डको टाउनटनमा भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष प्रस्तुत गरेको हो । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै कुल ३०७ रनको योगफल जोडेको थियो । अष्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले सर्वाधिक रन बनाएका थिए । वार्नरले १११ बलाम १०७ र  फिन्चले ८४ बलमा ८२ रन बनाएका थिए ।

त्यस्तै शाउन मार्शले २६ बलमा २३,  ग्लेन म्याक्सवेलले १० बलमा २०, एलेक्स क्यारीले २१ बलमा २०, उस्मान ख्वाजाले १६ बलमा १८, स्टिभन स्मिथले १३ बलमा १० रन जोडेका थिए ।

पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वाधिक ५ विकेट र शाहिन अफ्रिदीले २ विकेट लिएका थिए । त्यस्तै मोहम्मद हाफिज, हसन अलि र वाहाव रियाजले १/१ विकेट लिएका थिए ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob