scheduleबुधवार आश्विन १ गते, २०७६

नेकपामा गृहमन्त्री थापाको उपस्थिति बलियो बन्दै

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो ।

पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ ।

थापा समूहबाट एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका थिए ।

जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको उपस्थिति बलियो देखिएको छ भने प्रदेशमा सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ । नागरिक दैनिकमा टपेन्द्र कार्कीले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage