scheduleबिहिवार कार्तिक २८ गते, २०७६

चक्रवातको चेतावनीः तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो


नयाँ दिल्ली, ३० जेठ । भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने खतरा देखिएको छ । चक्रवात आउने मौसमविदको चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । चक्रवात आज गुजरातको तटसँग ठोक्किने भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ ।

रेल सेवालाई पनि बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । १० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage