scheduleसोमवार आश्विन ६ गते, २०७६

हेलिकप्टरले यसरी बचाइरहेछ दुर्गमका सुत्केरीहरुलाई


काठमाडौं, ३० जेठ । दुर्गमका सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य सेवा दिन सरकार सक्रिय देखिएको छ । नेपाल सरकारले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमबाट अहिलेसम्म २१ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धारपछि उपचार भएको छ ।

६ महिनाको अवधिमा ज्यान जोखिममा रहेका २१ जना गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जनाएको हो । आगामी आर्थक वर्षको बजेटमा पनि यसै कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखाका प्रमुख अन्जु ढुंगानाले जानकारी दिइन् ।

दुर्गम हिमाली तथा पहाडी क्षेत्रका ३४ जिल्लामा हवाई उद्धारका कार्यक्रम सञ्चालन गरिएको छ । हवाई उद्धार कार्यक्रमका लागि अहिलेसम्म नेपाली सेना तथा निजी क्षेत्रका हवाई सेवाबाट पनि गर्भवती तथा सुत्केरी महिलासम्बन्धी अस्पतालमा उपचारका लागि पठाउँदै आइरहेको छ । कार्यक्रम गत पुस ६ गतेबाट सुरु भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage