scheduleशनिवार श्रावण ४ गते, २०७६

ल्याब परीक्षणविना नै रोगका किटाणुहरु पत्ता लगाउने उपकरण यस्तो छ

एजेन्सी, ३० जेठ । हामीले बिरामी हुनेबित्तिकै प्राय: एन्टिबायोटिक खाने गर्छौं । ल्याब परीक्षणमा लामो समय लाग्ने भएकाले परीक्षण पूर्व नै एन्टिबायोटिक खान बाध्य भएका हौं ।

तर पेन स्टेट विश्वविद्यालयका वैज्ञानिकको एक समूहले केही मिनेटमा नै बिरामीको शरीरमा ब्याक्टेरिया भए/नभएको भनेर थाहा पाउने सकिने उपकरण आविष्कार गरेका छन् । नयाँ उपकरणले बिरामीको शरीरमा ब्याक्टेरिया कहाँ छन् भनेर सजिलै पत्ता लगाउन सकिने वैज्ञानिकको दाबी छ ।

सोमवार नेशनल एकेडमी अफ साइन्सेजको एक गोष्टीमा नयाँ उपकरणसम्बन्धी जानकारी प्रस्तुत गरिएको हो । बायोमेडिकल  तथा मेकालिकल इन्जिनियरिङका प्राध्यापक पाक किन वोंगले उक्त उपकरणबारे जानकारी दिएका थिए ।

कस्तो छ नयाँ उपकरण ? 

हाल प्रयोगमा रहेको प्रविधिबाट बिरामीको शरीरमा ब्याक्टेरिया भए/नभएको थाहा पाउन ३ दिनसम्म लाग्छ । रगत तथा पिसाब परीक्षण गरेर मात्रै ब्याक्टेरियाबारे थाहा हुने गर्छ । तर नयाँ उपकरणबाट ३ दिन होइन, ३० मिनेटमा नै ब्याक्टेरिया भए/नभएको थाहा पाउन सकिन्छ ।

नयाँ उपकरणमा माइक्रोटेक्नोलोजी प्रयोग गरिएको छ जसमा ब्याक्टेरियाका कोशिका सजिलै टाँसिन्छन् । यसरी टाँसिएका ब्याक्टेरियालाई इलेक्ट्रोन माइक्रोस्कोपबाट ३० मिनेटमा नै देख्न सकिन्छ ।

नयाँ उपकरणबाट बिरामीको शरीरमा ब्याक्टेरिया छन्/छैनन् भनेर ३० मिनेटमा नै थाहा पाउन सकिन्छ । यदि ब्याक्टेरिया भएमा त्यस्तो ब्याक्टेरियालाई औषधिले मार्ने वा नमार्ने भनेर समेत थाहा पाउन सकिन्छ । ‘हाल ल्याब परीक्षणमा लामो समय लाग्ने हुँदा ब्याक्टेरियाबारे जानकारी नलिइकन नै एन्टिबायोटिक दिने गरिन्छ । तर हामीले यसको नयाँ हल निकालेका छौं जसबाट ब्याक्टेरियाका कारण रोग लागेको हो वा होइन भनेर तत्काल थाहा पाउन सकिन्छ’, प्राध्यापक वोंगले भने ।

यो उपकरण ३ वर्षभित्रमा पूर्ण प्रयोगमा आउने समेत वोंगको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob