scheduleबुधवार श्रावण ८ गते, २०७६

हिउँमा भेटियो ४० हजार वर्ष पुरानो टाउको, रौं र दाँत सुरक्षित


मस्को, ३० जेठ । वैज्ञानिकले साइबेरियाको हिउँले ढाकिएको पहाडमा हिमयुगका एक ब्वाँसाको टाउको फेला पारेका छन् । ब्वाँसोको टाउकोमा मष्तिष्कका साथसाथै रौं र दाँत पनि सुरक्षित भेटिएको छ ।

वैज्ञानिकहरुले दावी गरेअनुसार भेटिएको टाउको ४० हजार वर्ष पुरानो हो । टाउको १६ इञ्च लामो हो । यो भनेको आजकल पाइने ब्वाँसोको भन्दा झणंडै डबल हो ।
यसलाई आर्कटिक सर्कलमा २०१८ मा वैज्ञानिक पावेल एफीमोभले खोजेका हुन् । ब्वासोको शरीरका अन्य भाग नजिक नभेटिएकोले अन्य जनावरले आक्रमण गरेको अनुमान वैज्ञानिकहरुले गरेका छन् । रुसमा मानव जाति केवल ३२ हजार वर्ष पहिला मात्र पुगेकोले ४० हजार वर्ष पहिला जनावरले नै आक्रमण गरेको वैज्ञानिकहरुले अनुमान गरेका हुन् ।

रुसी वैज्ञानिक डा. एल्बर्ट प्रोतोपोपोभका अनुसार टाउकोमा रहेका धेरैजसो कोशिकाहरु नयाँजस्तै छन् । अब उक्त टाउकोको अध्ययन आधुनिक समयका ब्वाँसोको टाउकोसँग हुनेछ । यसबाट बितेका हजारौं वर्षमा कसरी जनावरको विकास हुँदै आएको छ भन्ने तथ्य पत्ता लाग्ने विश्वास गरिएको छ ।

रसियन वेबसाइट साइबेरियन टाइम्सका अनुसार वैज्ञानिकले ब्वाँसोको डिएनएको पनि परीक्षण गर्नेछन् । जिकेई विश्विद्यालय स्कूल अफ मेडिसिनका इन टोकियोका प्रोफेसर नओकी सुजुकीका अनुसार ब्वाँसो उक्त टाउकोको सिटी स्क्यान गर्दा मष्तिष्क सही हालतमा रहेको बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob