scheduleबिहिवार कार्तिक २८ गते, २०७६

विपक्षीविरुद्ध प्राप्त हुने जानकारीलाई स्वागत गर्छु : राष्ट्रपति ट्रम्प

 

एजेन्सी, ३० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने चुनावमा आफ्ना विरोधीको खिलाफ विदेशबाट प्राप्त हुने जानकारीलाई स्वागत गर्ने बताएका छन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको सहयोग लिएको आरोप ट्रम्पमाथि लागेको थियो । यस पटकसमेत कुनै पनि विपक्षी नेताबारेमा चीन वा रुसबाट प्राप्त हुने गोप्य विवरणलाई स्वागत गर्ने बताएका छन् । तर यसरी विदेशबाट प्राप्त हुने जानकारीलाई चुनावी हस्तक्षेपबा रुपमा भने बुझ्न नहुने उनको भनाइ थियो ।

सन् २०१६ को चुनावमा रुसले ट्रम्पको पक्षमा हस्तक्षेप गरेको विषयमाथि रोबर्ट मुलरले अनुसन्धान गरेका थिए । मुलरले तयार गरेको प्रतिवेदनलाई अमेरिकी कानुन मन्त्रालयसामु पेश गरिएको थियो । उक्त प्रतिवेदनमा रुसी हस्तक्षेपबारे पर्याप्त साक्षी नभेटिएको उल्लेख गरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage