scheduleशनिवार श्रावण ४ गते, २०७६

भारत र न्युजिल्याण्डबीचको खेल वर्षाका कारण सुरु हुन सकेन

काठमाडौं, ३० जेठ । एक दिवसीय क्रिकेटअन्तर्गत भारत र न्युजिल्याण्डबीचको खेल अझै सुरु हुन सकेको छैन ।

नटिङघममा हुने भनिएको खेल वर्षाका कारण सुरु हुन नसकेको हो । नेपाली समयअनुसार ३:१५ मा सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलो भएको छ ।

यसपटकको वर्ल्डकपमा भारत र न्युजिल्याण्ड अपराजित छन् । न्युजिल्यान्ड चौथो र भारत तेस्रो जितको खोजिमा छन् । यसअघिका ३ वटै खेल जितेको न्युजिल्याण्ड ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने २ वटा खेल जितेको भारत ४ अंकसहित चौंथो स्थानमा  रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob