scheduleशनिवार श्रावण ४ गते, २०७६

ओमनको खाडीमा तेल बोक्ने पानीजहाजमाथि आक्रमण, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढ्यो

एजेन्सी, ३० जेठ । ओमनको खाडीमा दुईवटा तेल बोक्ने पानीजहाजमाथि आक्रमण भएको छ ।

बिहीबार ओमनमो खाडीमा तेल ट्यांकर बोकिरहेका २ वटा पानीजहाजमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उक्त आक्रमणपछि एउटा पानी जहाजमा आगो लागेको थियो । हाल दुबै पानीजहाज समुन्द्रमाथि तैरिरहेका छन् ।

आक्रमणलगत्तै फ्रन्ट एटलाइर नामक नर्वेजियन पानीजहाजमा आगो लागेको थियो । उक्त जहाजमाथि म्याग्नेटिक एम्बुन प्रयोग गरेर आक्रमण भएको  थियो । आक्रमणमा परेको कोकुका करेजस नामक पानीजहाज भने जापानको भएको र त्यसमाथि टर्पेडोबाट आक्रमण गरिएको समाचारमा उल्लेख गरिएको छ ।

दुबै कम्पनीले चालक दलका सबै सदस्य सकुशल रहेको बताएका छन् । यता अमेरिका र इरानले चालक दलको सकुशल उद्वार आफूहरुले गरेको परस्पर दाबी गरिरहेका छन् ।

बिहीबारको आक्रमण किन र कसले गरेको हो भनेर अझै पुष्टि हुन सकेको छैन । एक महिलाअघि  संयुक्त अरब इमिरेट्सको तट नजिकै समेत तेल बोक्ने पानीजहाजमाथि हमला भएको थियो । उक्त हमलाबाट पानीजहाजमा सामान्य क्षति पुगेको थियो ।

ओमन‍को खाडी मध्यपूर्वमा उत्पादन हुने तेल विश्वभर ओसारपसार गर्ने एउटा मुख्य मार्ग हो ।

एक महिलाको अवधिमा तेल ट्यांकरमाथि लगातार २ पटक हमला भएपछि विश्व पेट्रोलियम बजारमा त्रास फैलिएको छ । बिहीबारको आक्रकणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ४ प्रतिशतले बढेको समाचारमाध्यमले जनाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob