scheduleबिहिवार कार्तिक २८ गते, २०७६

भारत र न्युजिल्यान्डबीचको खेल रद्ध


एजेन्सी, ३० जेठ । इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्द वर्षाका कारण भएको छ । जारी विश्वकपमा वर्षाको कारण खेल रद्द भएको यो चौथो पटक हो ।

निर्धारित चार घण्टा भन्दा बढी समयसम्म खेल सुचारु हुन नसकेपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । एक अंक पाएसँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जितसहित ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । यता भारत भने ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

भारतले आफ्नो चौथो खेल असार १ मा पाकिस्तानसँग खेल्ने छ भने न्युजिल्यान्डले आफ्नो पाँचौ खेल असार ४ मा दक्षिण अफ्रिकासँग खेल्ने छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage