scheduleशनिवार श्रावण ४ गते, २०७६

कांग्रेसले दोस्रो चरणअघि सबै संरचना बनाउने

काठमाडौँ, ३१ जेठ ।  नेपाली कांग्रेसले भदौ २४ गतेदेखि शुरु हुने जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै संविधान र पार्टीको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचना बनाउने भएको छ ।

उक्त अभियानबारे जानकारी दिन बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले उक्त जानकारी दिनुभएको हो ।

कांग्रेसको संघीय संरचनाअनुसार संशोधित विधानमा तल्लो तहमा पनि कार्यसम्पादन समितिलगायत अन्य समिति बनाउनुपर्नेछ । उक्त अभियानका क्रममा कार्यकर्ताले तल्लो तहको अधिवेशन छिटो गर्नुपर्ने सुझाव दिएका थिए । काँग्रेसले विधानअनुसार केन्द्रीय विभागहरु पनि गठन गरेको छैन ।

पहिलो चरणअन्तर्गत ‘एकमहिने हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न गरेको कांग्रेसले उक्त चरणमा आम कार्यकर्ताले विधानअनुसार पार्टी संरचना नबनाइएकाले नेतृत्वको चर्को आलोचना गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob