scheduleशनिवार श्रावण ४ गते, २०७६

यी खेलाडीहरु अनुबन्ध गर्न रियल मड्रिडले कति खर्च गर्यो ?

काठमाडौँ, ३१ जेठ । रियल मड्रिड नयाँ खेलाडीहरु अनुबन्ध गर्न व्यस्त रहेको छ ।

आउने सिजनका लागि रियलले ठुलै रकम खेलाडी किन्नमा खर्च गरेको छ ।

मिडिया रिपोर्टका अनुसार हालसम्म रियलले ३०३ मिलियन युरो खर्च भएको बताएको छ ।

हजार्डलाई अनुबन्ध गर्न १०० मिलियन युरो, फरल्याण्ड मेण्डीलाई अनुबन्ध गर्न ४८ मिलियन युरो जोभिकलाई अनुबन्ध गर्न ६० मिलियन युरो, मिलिटाओलाई अनुबन्ध गर्न ५० मिलियन र रोद्रियोलाई अनुबन्ध गर्न ४५ मिलियन युरो खर्च भएको छ ।

करिब १० वर्षपछि रियलले यति ठुलो रकम लगानी गर्दै खेलाडीहरु अनुबन्ध गरेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob