scheduleबिहिवार कार्तिक २८ गते, २०७६

भोलिदेखि सुरु हुँदैछ कोपा अमेरिका कप

काठमाडौँ, ३१ जेठ । भोलि देखि कोपा अमेरिका कप सुरु हुँदैछ । १६ वटा देशहरुको सहभागिता रहेको यो कपको आयोजक ब्राजिल हो । यस वर्ष कोपा अमेरिका कपमा कतारले पनि सहभागिता जनाउनेछ ।

कोपा अमेरिकामा पहिलो पटक अरब देशले सहभागिता जनाएको यो पहिलो पटक हो । त्यस्तै जापानले सन् १९९९ पछि पहिलो पटक यो कपमा सहभागिता जनाउँदैछ ।

यो प्रतिस्पर्धाका लागि पहिलो पटक उत्तर अमेरिकन क्षेत्रका देशहरु बोलाइएको छैन ।

सन् १९९३ देखि यस कपमा सहभागिता जनाउँदै आएको मेक्सिको पहिलोपटक यस वर्ष सम्मिलित छैन ।

पहिलो दिनको खेलमा ब्राजिलले बोलिभियासँग आमने सामने गर्दैछ ।

सन् २०१५ र सन् २०१६ मा भएको कोपा अमेरिका कपको उपाधि चिलीले जितेको थियो । दुवैपटक अर्जेन्टिना चुकेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage