scheduleमगलवार भाद्र ३१ गते, २०७६

प्रनेश गौतम रिहा भए

काठमाडौँ, ३१ जेठ । चलचित्र ‘बीर विक्रम २’को अश्लिल भाषा प्रयोग गर्दै समीक्षा गरेको आरोप लागेपछि पक्राउ परेका प्रनेश गौतम रिहा भएका छन् । उनीविरुद्ध उक्त फिल्मका निर्देशक मिलन चाम्सले उजुरी दिएका थिए ।

उनी पक्राउ परे लगत्तै सामाजिक सञ्जालमा ठुलो विरोध भएको थियो । कमेडीको शैली थाहा नभइकन उनीविरुद्ध यस्तो कदम चालिनु गलत भएको बताइएको थियो ।

प्रहरीले हाजिरी जमानतमा बिहिबार राति ८ बजे उनलाई रिहा गरेको हो । महानगरी प्रहरी अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले गौतमलाई हाजिरी जमानतमा रिहा गरेको पुष्टि गरे।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage