scheduleबुधवार आश्विन २९ गते, २०७६

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

काठमाडौँ, ३१ जेठ ।  भारतको मोतीहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को लागतमा निर्माण भइरहेको पाइपलाइनको पहिलो चरणअन्तर्गत जमिन खनेर पाइप बिछ्याइएको हो ।

नेपाल आयल निगमले परियोजना कार्यान्वयन एकाइ स्थापना गरेर कामको सुपरिवेक्षण गरिरहेको छ । नेपाल आयल निगमका इन्जिनियर शरद पौडेलका अनुसार सबै पाइप बिछ्याइसकेर जडानको काम सुरु गरिएको छ ।

मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सौलसम्म ३२.६५ किलोमिटर छ । त्यतापट्टि तीन महिनाअघि पाइप बिछ्याइसकिएको हो ।

नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको हो । नेपालतर्फ ३.६ किलोमिटरमा ड्रिलिङ गरेरसमेत पाइप राखिएको छ ।

परवानीपुरमा २ किलोमिटर र जितपुरमा १.६ किलोमिटर बजार क्षेत्रमा ८ देखी १६ मिटरसम्म जमिनुमनि ड्रिलिङ गरी पाइप बिछ्याइएको छ । बाँकी ठाउँमा सिमेन्टको क्यानल बनाएर पाइप राखिएको छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage