scheduleबिहिवार कार्तिक २८ गते, २०७६

अमेरिकी आरोप ‘आधारहीन’ भएको इरानको भनाइ

एजेन्सी, ३१ जेठ । बिहीबार ओमनको खाडीमा तेल ट्यांकरमाथि भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको इरानले बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आक्रमणमा इरानको हात रहेको बताएका थिए । तर इरानले भने पोम्पेओले लगाएको आरोप ‘आधारहीन’ भएको टिप्पणी गरेको छ । एक इरानी अधिकारीले  बिहीबारको आक्रमणमा “इरानको कुनै सम्बन्ध नभएको” बीबीसीलाई बताएका छन् ।

शुक्रवार राष्ट्रसङ्घस्थित इरानी नियोगले जारी गरिएको विज्ञप्तिमा समेत अमेरिकी आरोपको खण्डन गरिएको छ । ‘१३ जुनमा तेल ट्याङ्ककरमाथि भएको घटनाको सम्बन्धमा अमेरिकाले गरेका आधारहीन दाबीलाई इरान अस्वीकार गर्छ र ती आक्रमणको भर्त्सना गर्छ’, विज्ञप्तिमा भनिएको छ ।

बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको निष्पक्षरुपमा छानबिन गर्नुपर्ने भएका थिए । खाडी क्षेत्रमा तनाव बढ्न सक्ने समेत गुटेरेसले चेतावनी दिएका थिए।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage