scheduleशनिवार श्रावण ४ गते, २०७६

बिजुलीको सामान फुटाएको झोंकमा ५ सन्तानको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

एजेन्सी, ३१ जेठ । अमेरिकाको एक अदालतले आफ्ना ५ जना छोराछोरीको हत्या गर्ने  बाबुलाई मृत्युदण्डको सजाय दिएको छ ।

बिहीबार अमेरिकाको एक अदालतले साउथ क्यारोलिनाका टिमोथी जोन्सलाई मृत्युदण्ड दिने आदेश जारी गरेको हो । पाँच वर्षअघि ३७ वर्षीय टिमोथीले आफ्ना  ५ जना सन्तानको निर्ममतापूर्वक हत्या गरेका थिए ।

टिमोथीले अदालतसामु छोराछोरीको हत्या गरेको स्वीकार गरेपछि उनीविरुद्ध मृत्यदण्डको सजाय सुनाइएको हो । उनले मानसिक समस्याका कारण हत्या गरेको बयान दिएका थिए । केही दिनअघि उनले रुदै उक्त बयान दिएको समाचार माध्यमले जनाएका छन् ।

सन् २०१४ को अगस्टमा टिमोथीले ८ वर्षीया छोरी मेराह, ७ वर्षीय छोरा एलिएस, २ वर्षीय छोरा ग्याब्रियल र १ वर्षीया छोरी एलियनीलाई घाँटी थिचेर हत्या गरेका थिए भने ६ वर्षीय छोरालाई चरम यातना दिएर हत्या गरेका थिए । उनले बिजुलीको सामान फुटाएको झोंकमा आफ्ना सन्तानको हत्या गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob