scheduleबुधवार आश्विन २९ गते, २०७६

हत्या गरी फरार रहेका चौधरी ३० वर्षपछि पक्राउ


बारा, ३१ जेठ । कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन् । महागढीमाई नगरपालिका-११ मधुरीटोल बस्ने बिरबहादुर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०३९ जेठ ८ गते सोही ठाउँ बस्ने सुकदेव सोनारलाई कर्तव्य गरी हत्या गरेको मुद्दामा तत्कालिन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडाको २०४३ फागुन १९ गते र सर्वोच्च अदालत काठमाडौंको २०४५ असोज १७ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकिएको थियो ।

हत्याका अभियुक्त चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकीछुपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

चौधरीलाई सजाय भुक्तानको लागि निजलाई वीरगञ्ज कारागार कार्यालय, पर्सा पठाइएको प्रहरीले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage