scheduleबिहिवार कार्तिक २८ गते, २०७६

भायनेटको नयाँ शाखा अब ईटहरीमा


इटहरि, ३१ जेठ । नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले बिहीबार आफ्नो नयाँ शाखा ईटहरीमा सञ्चालन गरेको छ ।

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमूना चोक, ईटहरीमा सुरु गरेको हो । विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवाबाट इन्टरनेट सेवा सुचारु गरेको थियो ।

सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडी च्यानल
सहित २३० वटा च्यानल भएको नेटटिभीसँग साझेदारी गरेको थियो । आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा आफूलाई दावी गर्दै आएको छ ।

१५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत् भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सेवा
प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप्प्रदान गर्दै आएको छ ।

यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबर्द्धन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage