scheduleशुक्रवार आश्विन ३ गते, २०७६

इरान भन्छ- तेल ट्यांकरको सुरक्षा हामी गर्छौं

एजेन्सी, ३१ जेठ । इरानले स्ट्रेट अफ होर्मुज हुँदै चल्ने तेल ट्यांकरलाई सुरक्षित राख्ने जिम्मेवारी आफ्नो भएको बताएका छ ।

बिहीबार तेल ट्यांकरमाथि भएको आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुजको सुरक्षा आफूले गर्ने बताएको हो । ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता देख्नु गलत भएको समेत इरानको भनाइ छ ।

‘स्ट्रेट अफ होर्मुजलाई सुरक्षित राख्ने जिम्मेवारी इरानको हो र हामीले आक्रमणमा परेका ट्यांकरका चालकदलका सदस्यलाई यथाशीध्र सकुशल उद्वार गरेका छौं’, इरानी विदेशमन्त्रालयका प्रवक्ता अब्बास मोसाभीले भने, ‘यस खालको शंकास्पद र दु:खद घटनामा इरानलाई दोषी देखाउने कार्य माइक पोम्पओ र अन्य अमेरिकी अधिकारीलाई सजिलो छ तर यस्तो आरोप चिन्ताको विषय हो ।’

प्रवक्ता मोसाभीले इरानी सरकारी रेडियोसँग उक्त भनाइ राखेका थिए ।

विश्वको करिब २५ प्रतिशत पेट्रोलियम पदार्थ स्ट्रेट अफ होर्मुज हुँदै निर्यात हुन्छ । त्यसैले यो जलमार्गको रणनीतिक महत्व छ ।

यता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तेल ट्यांकरमाथि भएको आक्रमणमा इरानको हात रहेको बताएका छन् । तर इरानले भने उक्त आरोप ‘आधारहिन’  भएको खण्डन गरेको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage