scheduleबुधवार आश्विन २९ गते, २०७६

अबदेखि युएई निशुल्क जान पाइने ! नयाँ श्रम सम्झौताका विशेषता यस्ता छन्

काठमाडौं, ३१ जेठ । शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच नयाँ श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ ।

जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ) को १०८ औं शतवार्षिकीका अवसरमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले श्रम सम्झौतामा हस्ताक्षर गर्नेछन्

केही हप्ताअघि  युएईसँग नयाँ श्रम सम्झौताबारे छलफल गर्न नेपाली टोली युएई पुगेको थियो । उक्त टोलीले सम्झौता पत्रको मस्यौदामाथि छलफल गरी अन्तिम टुंगो लगाएसँगै आज दुईपक्षले हस्ताक्षर गर्न गइरहेका छन् ।

सन् २००७ मा समेत नेपाल र युएईबीच श्रम सम्झौता भएको थियो । तर उक्त सम्झौता प्रभावकारी हुन सकेको थिएन । पुरानो सम्झौतालाई प्रतिस्थापन गर्ने गरी नयाँ  ल्याउन लागिएको हो ।

नयाँ सम्झौतामा निम्न व्यवस्था गरिएको छ :

१. नेपाली कामदारले आईएलओको मापदण्ड अनुसार युएईमा गएर काम गर्न पाउने ।

२. अबदेखि  नेपालीहरु युएईमा निशुल्क जान पाउनेछन् ।

३. नयाँ सम्झौतामा भिसा तथा टिकटलगायत सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने भनेर उल्लेख गरिएको छ।

४. महिला कामदारको हकहित, श्रमिक सुविधा र सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।

५. युएईमा काम गर्ने नेपाली श्रमिकले त्यहाँका नागरिक सरह सेवा, सुविधा र तलब पाउने ।

६. कामदारले आफ्नो राहदानी आफैँसँग राख्न पाउनेछन्।

७. कार्यस्थलमा हुने दुर्घटनाका लागि दुर्घटना बिमा एवं निशुल्क उपचारको व्यवस्था

८.कामदारले बिरामी तथा आकस्मिक बिदा पाउने ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage