scheduleबिहिवार श्रावण २ गते, २०७६

दोरम्बामा बस दुर्घटना हुँदा २ को मृत्यु, १९ घाइते

रामेछाप, ३१ जेठ । रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  । सो दुर्घटनामा  १९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ ।

कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा परेको हो ।  उक्त दुर्घटनामा उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट ४० मिटर तल खसेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob