scheduleबिहिवार श्रावण २ गते, २०७६

इङल्याण्ड भर्सेस वेस्ट इण्डिज : इण्डिजको खराब सुरुवात, ३ विकेटको क्षतिमा ६० रन बनाएर ब्याटिङ गर्दै

काठमाडौं, ३१ जेठ । एकदिवसीय आईसीसी क्रिकेट वर्ल्डकप अन्तर्गत अहिले  वेस्ट इण्डिज र इङल्याण्डबीच खेल भइरहेको छ ।

साउथह्याम्टनमा भएको खेलमा वेस्ट इण्डिजले ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा वेस्ट इण्डिजले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ६० रन मात्रै जोडेको छ । वेस्ट इण्डिजका लागि क्रिस गेलले ४१ बलमा ३६ रन, शाइ होपले ३० बलमा ११ रन इभिन लुइसले ८ बलमा २ रन जोडेर आउट भएका छन् ।

अहिले वेस्ट इण्डिजका लागि निकोलास पुरन र शिमरन हेतमायरले ब्याटिङ गरिरहेका छन् । घरेलु टोली इंग्ल्यान्डले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob