scheduleबिहिवार श्रावण २ गते, २०७६

सञ्चारमन्त्री भन्छन्- नेपाल पत्रकार महासंघ काँग्रेसको भातृ संगठन जस्तो भयो

काठमाडौं, ३१ जेठ । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल पत्रकार महासंघ पूर्वाग्रही भएर आन्दोलन गरेको बताएका छन् ।

मन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकलाई लिएर आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले सरकारप्रति पूर्वाग्रही भएको आरोप लगाएका हुन् । यसरी पूर्वाग्रही भएर गरिने आन्दोलनले पत्रकारिताको नै खिल्ली उडाएको समेत उनको भनाइ थियो ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्न चाहन्छनमा कुरा गर्दै मन्त्री बास्कोटाले महासंघको आन्दोलनको औचित्य नभएको समेत बताएका छन् ।  मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधान सच्याउन भनेर आन्दोलन गरिरहेको महासंघलाई मन्त्री बास्कोटाले कांग्रेसको भातृ संगठनको संज्ञा दिएका छन्  । संसदमा प्रस्तुत विधेयक फिर्ता नहुने मन्त्री बास्कोटाको भनाई थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob