scheduleसोमवार आश्विन ६ गते, २०७६

युवतीले नारायणीमा हाम फालिन्, खोजी कार्य जारी

 

काठमाडौं, ३१ जेठ । एक युवतीले नारायणी नदीको पुलबाट हाम फालेकी छन् । प्रत्यक्षदर्शीका अनुसार स्कुटरमा सवार ती युवतीले नारायणीमा हाम फालेकी हुन् ।

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् । तर नारायणी नदीको पुलमा सवारी जाम भएको बेला उनी स्कुटरबाट झरेर नदीमा हाम फालेको प्रहरीले जनाएको छ । हाल उनको खोजी कार्य भइरहेको छ ।

कञ्चनपुर माइत भएकी कविताको गत फागुनमा विहे भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage