scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

गुठी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बिजुक्छेको माग

काठमाडौं, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले  गुठी जग्गा स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा रोहितले गुठी जग्गा जनताको भएकोले जनतालाई नै फिर्ता गर्नुपर्ने बताएका हुन् । गुठी जग्गामा मोहियानी हक कायम हुने गरी गुठी विधेयक ल्याउनुपर्ने समेत उनको भनाइ थियो ।

रोहितले गुठी जग्गा र घरहरू स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताए । आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने बताउँदै उनले साँचो अर्थमा देशलाई समृद्धिको यात्रामा डाेहाे-याउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने बताए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage