scheduleबुधवार आषाढ़ ११ गते, २०७६

क्यानाडा पठाइदिन्छु भनेर लाखौं ठग्ने पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं, ३१ जेठ । क्यानडा पठाईदिने भन्दै भारतको नयाँदिल्लीमा पुर्‍याएर लाखौ रुपैयाँ ठगी गर्ने गिरोहका एक जनालाई प्रहरीको पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काभ्रेबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । काभ्रेको बनेपा नगरपालिका–५ तरकारी बजारबाट नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर ५ का २६ बर्षीय योगेश सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो समूहले २०/ २२ बर्ष उमेरका एक युवकलाई ठगी गरेको प्रहरीको भनाई छ । तर पीडितको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

सापकोटासहितका ४ जनाको समूहले पीडितको साथमा रहेको २२ हजार ५९ अमेरिकी डलर, १५ हजार भारतीय र ३५ हजार नेपाली रुपैयाँ लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो समूहले पीडितका बुवा र मामालाई भारतको गुडगाउँस्थित एक होटलमा राखेर बेहोस पारी मृगौला झिक्ने प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob