scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

वेस्ट इण्डिजको ब्याटिङ नचल्दा इङ्ल्याण्डको सहज जित, रुटको दोस्रो शतक


काठमाडौं, ३१ जेठ । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा वेस्ट इन्डिजविरुद्ध घरेलु टोली इंग्ल्यान्डले सहज जित निकालेको छ ।

वेस्ट इण्डिजको ब्याटिङ नचल्दा केवल २ सय १३ रनको मध्यम लक्ष्य दिएपछि जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्याण्डले ३३.१ ओभरमा २ विकेट गुमाउँदै २१३ रन जोड्दै वेस्ट इण्डिजलाई ८ विकेटले हराएको हो । इङ्ल्याण्डले १०१ बल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो ।

वेस्ट इण्डिजले १९७९ पछि इङ्ल्याण्डलाई विश्वकपमा हराउन सकेको छैन । ४० वर्षको लगातार हारको इतिहासलाई वेस्ट इण्डिजले यसपटक पनि परिवर्तन गर्न सकेन ।

इङ्ल्याण्डको सहज जितका लागि जोई रुटले ९४ बलमा ११ चौकासहित यो सिजनको विश्वकपमा दोस्रो शतक पूरा गर्दै अविजित रहे । उनले पाकिस्तानका विरुद्ध १०७ रन जोडेका थिए ।

ओपनरका रुपमा आएका त्यसैगरी जोनी बैर्स्टोले ४६ बलमा ४५ रन जोडेर आउट भए । त्यसैगरी क्रिस वोक्सले ५३ बलमा ४ चौकासहित ४० रन जोड्दै आउट भए । उनलाई श्यानन ग्रेबियल ३१ औं ओभरको पाँचौं बलमा फ्याबियन अलेनबाट क्याच गराए । अन्तिम समयमा ब्याटिङ गर्न आएका बेन स्टोकले ६ बलमा एक चौकासहित ११ रन जोड्दै अविजित रहे ।

यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटिएको थियो । उसका लागि मध्यक्रमका युवा खेलाडी निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए । जोफ्रा आर्चरले ४० ओभरको पाँचौ बलमा विकेटकीपर जस बटलरबाट क्याच आउट गराउनुअघि पुरनले ७८ बलमा ३ चौका र १ छक्का प्रहारसहित ६३ रन जोडेका हुन् ।

तेस्रो ओभरको अन्तिम बलमा क्रिस वोक्सले ओपनर इभिन लुईसलाई २ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका रुपमा आउट हुनु अघि अर्का ओपनर क्रिस गेलले ४१ बलमा ५ चौका र १ छक्का सहित ३६ रन जोडेका थिए । गेल १३ ओभरको अन्तिम बलमा लियाम प्लन्केटले जोनी बेयरस्टोबाट क्याच गराएका थिए ।

वेस्ट इण्डिजको ब्याटिङ थप धराप पार्नेक्रममा १३औं ओभरमै विकेटकीपर शाई होपलाई मार्क उडले ११ रनमा एलवी डब्लू आउट गरे । चौथोे विकेटका लागि निकोलस पुरन र शिमरोन हिटमायरले ८९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकास्ने प्रयास गरे ।

तर ३० ओभरको पाँचौ बलमा कहिलेकाँही मात्रै बलिङ गर्ने जो रुटले हिटमायरलाई ३९ रनमा आफैं क्याच लिँदै आउट गराए । रुटले यो साझेदारी तोडेसँगै इंग्ल्यान्ड पुनः खेलमा फर्किएको थियो । हिटमायरले ४८ बलमा ४ चौका प्रहार गरे । रुटलेनै ३२ ओभरको अन्तिम बलमा कप्तान जोसन होल्डरलाई ९ रनमा आफैं क्याच लिँदै वेस्ट इण्डिजलाई थप कमजोर बनाए ।

क्रिसपछि आशा गरिएको आन्द्रे रसेललाई मार्क उडले ३७ ओभरको दोस्रो बलमा २१ रनमा क्याच आउट गराए । रसेलले १६ बलमा १ चौका र २ छक्का प्रहार गरेर आउट भएसँगै वेस्ट इण्डिज थप संकटमा पर्‍यो ।

कार्लोस बर्थवेट १४ रनमा प्याभेलियन फर्किएपछि अन्तिमका तीन ब्याट्सम्यान ओशन थोमस, शिल्डन कर्टेल र शैनन ग्रब्रियलले खातै नखोली प्याभेलियन फर्किए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ९ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । त्यस्तै मार्क उडले पनि ६.४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । जो रुटले २, लियाम प्लन्केट र क्रिस वोक्सले १-१ विकेट लिए ।

आजको जितसँगै इङ्ल्याण्ड ४ खेलमा ३ जित र १ हारसहित ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ । उता, वेस्ट इण्डिज भने ४ खेलमा १ जित र २ हारसहित ३ अंक जोडेर छैटौं स्थानमा पुगेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage