scheduleशुक्रवार श्रावण ३ गते, २०७६

गर्मीयाममा माटोको भाडामा राखिएको पानीको यस्तो छ फाइदा

एजेन्सी । माटोको भाडामा पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । माटोको भाडामा राखिएको पानीले शरीरमा टेस्टोस्टेरोनको स्तर बढाउनुको साथै एसिडिटीको समस्याबाट मुक्त गराउँछ ।

माटोको भाडामा शुद्धिकरण गर्ने क्षमता हुन्छ । माटोमा अशुद्ध पदार्थलाई शुद्ध गर्ने गुण भएको कारण त्यसले पानीमा भएको विशाक्त पदार्थलाई सोस्छ । साथै माटोको भाडाले पानीमा आवश्यक सुक्ष्म पोषक तत्वलाई पनि मिलाउने काम गर्छ ।

नियमितरुपमा घडाको पानी पिउनाले प्रतिरक्षा प्रणाली राम्रो हुन्छ । घडामा पानी भण्डारण गरेर पिउनाले टेस्टोस्टेरोनको स्तर शरीरमा वृद्धि हुन्छ ।

गर्मी समयमा फ्रिजको पानी पिउनाले गला बस्ने र चिसो लाग्ने समस्या हुन्छ । तर घडामा पानी भण्डारण गर्नाले पानीको तापक्रम घट्नुका साथै त्यो पिउनाले घाटीमा प्रतिकूल असर रहँदैन ।

माटोको घडालाई रंगाउनका लागि गेरुको प्रयोग भएको हुन्छ जसले गर्मियाममा शितलता प्रदान गर्छ । माटोको पानीले गला बस्ने समस्या र कब्जियतलाई पनि निर्मूल गर्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob