scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

गर्मीको राजा भिन्डी, यस्ता छन् फाइदाहरु

एजेन्सी । स्वादको दृष्टिले भिन्डीको सब्जी त्यत्ति उत्कृष्ट मानिँदैन तर स्वास्थ्यका लागि यसको फाइदा धेरै छन् ।

भिन्डीमा भरपूर मात्रामा पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, आइरन, जिंक, पोटेसियम, एन्टी-अक्सिडेन्ट्स पाइन्छ । यी तत्वहरुले शरीरको पूर्ण विकासमा मद्दत पुर्‍याउँछ ।

अफ सिजनको भिन्डी बाह्रै महिना बजारमा पाइए पनि त्यसको स्वाद भने गर्मी महिनामा मात्र हुन्छ । गर्मीमा मानिसहरु चाढै थाक्ने गर्छन् । त्यसको कारण भनेको रगतमा ल्याक्टिक एसिड र अन्य केमिकलहरुको स्तर बढ्नु हो । तर, भिन्डीमा भएको पोषक तत्वले त्यस्ता रसायनहरुको स्तरलाई नियन्त्रण गर्छ र शरीरमा थकान कम हुन्छ ।

शरीरको तौल बढेर यदि तपाई चिन्तित हुनुहुन्छ भने भिन्डीले उक्त समस्याबाट छुटकारा दिन्छ । भिन्डीमा डायटरी फाइबर हुन्छ जसले लामो समयसम्म तपाई पेट अघाएको महसुस गराउँछ । यस्तोमा तपाईले अतिरिक्त क्यालोरी लिनु हुन्न ।

शरीरमा कोलेस्ट्रोल मात्रालाई सन्तुलन राख्न पनि भिन्डीले सहयोग गर्छ । भिन्डीमा कुनै चिल्लोपना हुँदैन । यसको साथै यसले मेटाबोलिक डिसअर्डरलाई पनि ठीक गर्न सहयोग गर्छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage