scheduleबुधवार आश्विन २९ गते, २०७६

लोकसेवामा लाखौंको आवेदन, एकै दिन १७ हजार

काठमाडौं, ३२ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा १ लाख २० हजारको आवेदन परेको छ ।
आयोगका अनुसार शुक्रबार सम्ममा १ लाख २१ हजार ७४८ जनाको आवेदन परेको हो ।

आयोगका अनुसार खुलातर्फ १ लाख २० हजार ३५७ महिलामा ३० हजार १४६, जनजातितर्फ १४ हजार ११६, मधेसीतर्फ ६ हजार ९२७, दलितमा ८ सय ६७, अपांगमा ५६ र पिछडिएका क्षेत्रतर्फ ३८ जनाको आवेदन दर्ता भएको छ । आवेदनबापत २ करोड १९ लाख ८४ हजार ६ सय राजस्व संकलन भईसकेको आयोगले जानकारी दिएको छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि अन्यौलताको स्थितिमा समेत आवेदन आउने क्रम रोकिएको छैन । विहिवार सम्म अनुसार १ लाख ५ हजारको हाराहारीमा आवेदन परेको थियो ।

सर्वोच्च अदालतले बुधवार आयोगको विज्ञापन रद्द गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । यसपछि आवेदन दिनेको संख्या झनै बढेको छ ।

शुक्रबार एक दिनको अवधिमा मात्रै १७ हजारको संख्यामा आवेदन परेको छ । अदालतले ३ असारमा यस सम्वन्धि फैशला गर्ने जनाइएको छ ।

विज्ञहरुले समितिले करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन कानूनविपरित रहेको बताँउदै आएका छन । उनीहरुले यस सम्बन्धमा कुनै कानूनी आधार नरहेकोले निर्देशन पालना बाध्याकारी नहुने बताँउदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage