scheduleसोमवार आश्विन ६ गते, २०७६

खालीपेटमा लिची खानुहुन्छ ? ज्यान लिनसक्छ !


एजेन्सी, ३२ जेठ । विहारको मुजफ्फरपुरमा बितेको १० वर्षमा सयौं बच्चाहरुको ज्यान लिने संदिग्ध रोग पत्ता लागेको छ ।

बीबीसीमा प्रकाशित खबरका अनुसार स्थानीय मानिसहरुलाई ‘चमकी’ नामकले चिनिने उक्त कुख्यात रोगले हरेक वर्ष मे र जुनतिर टाउको उठाउने गरेको छ । यसले कयौं बच्चाहरुको ज्यान समेत लिँदै आएको छ ।

२०१४ मा मात्रै ३९० जना बच्चा यही रोगका कारण अस्पताल पुर्‍याइएको थियो, जसमध्ये १२२ बालबालिकाको ज्यान गएको थियो ।

भारत र अमेरिकाका वैज्ञानिकहरुले संयुक्त प्रयसाबाट खाली पेटमा धेरै लिची खानाले यस्तो समस्या हुने पत्ता लगाएका हुन् ।

करीब तीन वर्ष चलेको यस्तो अनुसन्धानको नतिजा चर्चित विज्ञान पत्रिका ल्यासेन्ट ग्लोबलमा छापिएको छ । वैज्ञानिकहरुका अनुसारलिचीमा हाइपोग्लिसिन ए र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसीन नामका विषालु तत्व हुन्छ ।

अस्पतालमा भर्ना भएका धेरैजसो बच्चाको रगत र पिसाबको परीक्षण गर्दा त्यसमा त्यसमा यी तत्वलहरु भेटिएको थियो ।

धेरैजसो बच्चाले बेलुका खाना नखाने र बिहान धेरै मात्रामा लिची खाने गरेका थिए । यस्तो अवस्थामा ती तत्वहरुको असर घातक हुने वैज्ञानिकहरुले बताएका हुन् ।

बच्चामा कुपोषण र पहिलादेखि कुनै स्वास्थ्य समस्या भएको अवस्थामा धेरै लिची खाँदा यस्तो रोग बढी देखिने खतरा हुन्छ ।

चिकित्सकहरुले उक्त इलाकाका बच्चाहरुलाई सीमित मात्रामा मात्र लिची खान र सन्तुलित भोजन गर्न सुझाव दिएका छन् । भारत सरकारले यसबारे एक अपिल पनि गरेको छ ।

मुजफ्फरपुर इलाकामा लिची अत्यधिक उत्पादन हुन्छ र संसारभरीको बजारमा यहीबाट लिची निर्यात् हुन्छ ।

रोगको चपेटमा परेका बच्चाका अभिभावकका अनुसार लिची टिप्ने दिन बच्चाहरुले धेरै समय लिची बगैंचामा नै बिताउने र त्यसक्रममा अन्य खानपान पनि भुल्ने गर्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage