scheduleबुधवार आश्विन २९ गते, २०७६

धन्न जोगियो मिर्गौला- क्यानडा जाने लोभमा २२ हजार डलर गुम्यो

काठमाडौं, ३२ जेठ । लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर गुमाएका छन्। दलालको विश्वासमा पर्दा उनलाई पुर्‍याउन गएका बा र मामाको झन्डै मिर्गाैला गुमेको थियो।

गत वर्ष पुसमा उनको भेट क्यानडा लैजाने दलालसँग भयो। दलालको सल्लाहअनुसार उनी तयारीमा जुटे। यस क्रममा उनले क्यानडामा रहेका नेपालीसँग फोनमा कुराकानी पनि गरे। अनि ढुक्क भएर माघ २२ गते दिल्लीतर्फ उडे।

दिल्लीमा ती युवकको भेट नुवाकोटका योगेश सापकोटासँग हुन्छ। उनलाई सापकोटाले दिल्लीस्थित एक होटलमा पुर्‍याउँछन्। होटलमा अन्य दुई नेपाली र भारतीय नागरिक पनि हुन्छन्।

ती युवकलाई सापकोटालगायतले क्यानडाको भिसा लगाउन २२ हजार अमेरिकी डलरको व्यवस्था गर्न सुझाव दिन्छन्। युवकका बाबु लमजुङको एक विद्यालयका शिक्षक हुन्। बाबुलाई दलालले भनेअनुसारकै पैसा ल्याउन भन्छन्। अन्नपूर्ण पोस्टमा सुवास गोतामेले खबर लेखेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage