scheduleबिहिवार श्रावण २ गते, २०७६

वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई मन्त्रालयको चार प्रश्न

काठमाडाैं, ३२ जेठ । उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अक्षम व्यवस्थापनका कारण निगमले व्यहोर्दै आएको घाटाबारे नयाँ पत्रिका दैनिकले शृंखलाबद्ध समाचार प्रकाशित गरेपछि मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयको प्रश्न

१. उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?
२. निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ?
३. पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो ?
४. तपाईं कार्यकारी प्रमुख भएपछि नेपाल वायुसेवा निगममा के प्रगति भयो ?

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख भएर आएपछि निगममा के गर्नुभयो ? निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ? पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो र उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?’ नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob