scheduleसोमवार आश्विन ६ गते, २०७६

सिमेन्ट उद्योगको ढलाइ भत्किँदा दाङमा तीन मजदुरको मृत्यू


दाङ, ३२ जेठ । दाङमा रहेको एक सिमेन्ट उद्योगकाे ढलाइ भत्कँदा तीनजना मजदुरको मृत्यू भएको छ । लमही नगरपालिका वडा नम्बर ७ मा रहेकाे सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ६ तल्ला माथिकाे ढलान भत्किँदा दुर्घटना भएको हो ।

घटनामा परी तीन भारतीय मजदुरकाे ज्यान गएकाे छ भने थप तीन मजदुर घाइते भएका छन् । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए ।

घटनामा परी घाइते हुनेमा अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ रहेका छन् । अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ भने अन्य घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा उपचार गरिएको छ ।

राति दुई बजे भएको घटनाको थप अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage