scheduleबिहिवार श्रावण २ गते, २०७६

अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

काठमाडौं, ३२ जेठ । नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २००७ मा गरिएको श्रम समझादारीलाई प्रतिस्थापन गरी नयाँ समझादारीमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा कामदार भर्ना प्रक्रिया पारदर्शी बनाउँदै नेपालीलाई विदेशीसरह हैसियत र सुविधा दिने, कामदार भर्ना प्रक्रियामा लाग्ने शुल्क र सेवाशुल्क रोजगारदाताले ब्यहोर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob