scheduleबिहिवार श्रावण २ गते, २०७६

चीनको तनाव- औद्योगिक उत्पादन १७ वर्षकै सबैभन्दा सुस्त


बेइजिङ, ३२ जेठ । चीनको अर्थव्यवस्था पछिल्ला महिनाहरुमा थप कमजोर बन्दै गएको छ । चीनको औद्योगिक उत्पादनमा १७ वर्षपछि सबैभन्दा सुस्त वृद्धि भइरहेको छ ।

यसबाट अमेरिकासँग व्यापार युद्धमा अल्झिएको चीन सरकारलाई थप दबाव बढेको छ। चीनले लामो समयदेखि निर्यात र ठूला उद्योगमाथि आफ्नो निर्भरता कम गरेर उपभोगमा आधारित अर्थव्यवस्थामा अभ्यस्त हुने काममा सक्रिय रहँदै आएको छ।

चीनका राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)ले शुक्रबार भनेको छ, ‘खुद्रा बिक्री वास्तवमा अपेक्षाअनुसार रहेको छ र मेमा खुद्रा बिक्री ८.६ प्रतिशतले बढेको छ ।’ विश्लेषकले ब्लूमबर्गको सर्वेक्षणमा खुद्रा बिक्री ८.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

एनबीएसका अनुसार औद्योगिक उत्पादनमा केवल ५.० प्रतिशतले वृद्धि भएको छ । यो सन् २००२ पछिकै सबैभन्दा सुस्त वृद्धि हो । बिश्लेषक यो दर ५.४ प्रतिशत रहने अनुमान गरेका थिए । स्थिर सम्पत्ति लगानीमा वृद्धि पनि सुस्त रहेको छ । यसमा ५.६ प्रतिशतको वृद्धि रहेको छ ।

चीनले व्यापार युद्धलाई कम गर्नका लागि यस वर्ष ठूलो मात्रामा कर कटौती र अन्य उपायहरु लागू गरेको छ । यो हप्ताको सुरुमा जारी आधिकारिक तथ्यांकका अनुसार, मे महिनामा वृद्धि गरिएको छ, जसमा निर्यातमा गिरावटको अनुमान फेल खाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob