scheduleबिहिवार आश्विन २ गते, २०७६

अमिताभको ट्विटर अकाउण्ट ह्याक भएपछि …


मुम्बई, ३२ जेठ । बलिउडका बादशाह अमिताभ बच्चनको ट्विटर अकाउण्ट सोमबार राति ह्याक भयो । ह्याक भएपछि पाकिस्तानी ह्याकर्सले बचनको ट्विटर ह्याक गरेको आरोप लाग्यो ।
तर, ह्याक भने टर्कीका ह्याकरहरुले गरेको पत्ता लाग्यो । पाकिस्तानी ह्याकर्सलाई आरोप लगाउनुको पछाडि एउटा बलियो कारण छ, त्यो हो ह्याक लगत्तै अमिताभको एकाउण्टमा इमरान खानको प्रोफाइल पिक्चर राखिएको थियो ।

ह्याक भएको केही समयपछि नै अकाउण्ट रिकभर गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । ह्याकरले टर्कीको साइबर सेना रहेको बताएका छन् । उनीहरुले अमिताभको तस्बिर हटाएर इमरानलाई राख्नै ‘लभ पाकिस्तान’ पनि लेखेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage