scheduleशनिवार श्रावण ४ गते, २०७६

बम विस्फोटमा घाइते भएका विप्लब कार्यकर्ताको मृत्य

काठमाडौं, ३२ जेठ । जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा  गम्भीर घाइते भएका विप्लव माओवादीका कार्यकर्ताको मृत्यु भएको छ ।

चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । श्रेष्ठको मृत्युसँगै बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

यसअघि  बम विस्फोटमा परी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तरको ज्यान गएको थियो । शनिबार ज्यान गुमाउने श्रेष्ठ समेत विप्लव कार्यकर्ता हुन् ।

सुकेधारामा भएको बम बिस्फोटमा परी गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob