scheduleबिहिवार श्रावण २ गते, २०७६

गुठी विधेयक खारेज गर्न भन्दै काठमाडौंमा प्रदर्शन र धर्ना, सरकार ढाल्ने चेतावनी

काठमाडौं, ३२ जेठ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ ।

काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीसहित विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले  सरकारले धार्मिक, सांस्कृतिक र परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज गर्न माग गरेका छन् । विधेयक खारेज नभए कडा आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

ओली सरकार जनविरोधी गतिविधिमा संलग्न भएको, गुठी कब्जा गरेर कार्यकर्ताको पालनपोषणमा लागेको र भूमाफियाको बचाउ गरेको उनीहरुको भनाइ छ । वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो ।

यसैबीच ‘गुठी विधेयक खारेजी अभियान’ले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob