scheduleमगलवार भाद्र ३१ गते, २०७६

ढलान भत्किँदा तीन मजदूरको मृत्यु

सांकेतिक तस्बिर

दाङ, ३२ जेठ । दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ ।

उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।

उक्त घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । दिपेनको फलोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage