scheduleबुधवार आश्विन २९ गते, २०७६

बसन्तपुरमा प्रदर्शनकारीको नारा- ‘नेवा अब जाग्दै छ’


काठमाडौं, ३२ जेठ । सरकारले सार्वजनिक गरेको गुठी विधेयकको विरोधमा राजधानीका नेवार समुदाय एकजुट बनिरहेका छन् । शनिबार उनीहरुले वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान वसन्तपुरदरबार क्षेत्रमा सरकारविरोधी विरोध प्रदर्शन गरिएको हो ।

ज्यापू महागुठीअन्‍तर्गतका विभिन्न गुठीका गुठियार तथा सर्वसाधारण सम्मिलित प्रदर्शनमा सरकारविरधो नारा समेत लगाइएको छ । प्रदर्शनमा सहभागीहरुले परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याइएको भन्दै विरोधमा नाराबाजी लगाएका थिए ।

प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, ‘नेवा अब जाग्दै छ, आफ्नो अधिकार खोज्दै छ’ लगायत नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

ज्यापू महागुठीअन्‍तर्गतका गुठीहरूको संलग्नतामा निकालिएको विरोध र्‍यालीले न्युरोड, जैसीदेवललगायतका स्थान हुँदै वसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो । सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ ।

सत्तारूढ दलकै सांसदहरूले पनि यो विधेयकको विरोध गर्दै आएको सन्दर्भमा विरोध प्रदर्शनमा विभिन्न क्षेत्रका नागरिक अगुवा र सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage