scheduleबुधवार आश्विन २९ गते, २०७६

वडा कार्यालयमा चोरी, नगददेखि कागजातसम्म हरायो


राजविराज, ३२ जेठ । राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ ।

चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिब दुई लाख मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage