scheduleबिहिवार श्रावण २ गते, २०७६

सभाखोलामा पौडी खेल्न गएका राई बेपत्ता

संखुवासभा, ३२ जेठ । सङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा शनिबार एक युवा बेपत्ता भएका छन् ।

पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् ।

साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए ।

राई अन्य चार साथीसँग पौडी खेल्न गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob