scheduleबुधवार आश्विन २९ गते, २०७६

गुठी विधेयक, फिर्ता नलिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्ने

काभ्रे, ३२ जेठ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी बिधेयक तत्कालै फिर्ता हुनुपर्ने बताउँदै जबर्जस्ती संसदबाट पारित गराउन खोजिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

जनविरोधी गुठी विधेयक र मिडिया विधेयक तत्कालै फिर्ता नलिए सरकारले ठूलो मुल्य चुकाउनुपर्ने उनले बताए ।

डा. कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पती हरण गर्ने मनसायले यो विधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथी आक्रमण गरेको बताए । गुठी विधेयकको आडमा सरकारले जातिय द्वन्द्व निम्त्याउन खोजेको पनि बताए ।

‘भू माफिया, मन्त्रिहरु र कर्मचारिको मिलेमतोमा यो विधेयक ल्याइएको छ,’ डा कोइरालाले भने, ‘यदि यो गुठी विधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ । धर्म संस्कृति, परम्परा र मौलिकता सबै समाप्त हुन्छ । त्यसकारण यो विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौं । सरकारलाई यति मात्र भन्छु ।’

काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको पनि बताए ।

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति मधु आचार्य, पुर्वराज्यमन्त्री कञ्चन बादे, पुर्व सांसदहरु तिर्थ लामा र हर्षजित लामा, क्षेत्रिय सभापतीहरु महेश खरेल र रमेश हुमागाईं, प्रदेससभा उम्मेदवारहरु गणेश लामा र सिबी लामालगायतले सरकार बर्बर निरंकुशतातर्फ अगाडी बढेको बताए । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage