scheduleबिहिवार श्रावण २ गते, २०७६

अष्ट्रेलियाद्वारा श्रीलंकासामु ३३५ को लक्ष्य, फिन्चको उत्कृष्ट शतक

काठमाडौं, ३२ जेठ । एकदिवसीय क्रिकेट वर्ल्डकपमा अष्ट्रेलियाले श्रीलंकालाई ३३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरेका छन् । उनले १ सय ३२ बलमा १ सय ५३ रन बनाएका थिए । त्यस्तै स्टिभ स्मिथले ५९ बलमा ७३ रन जोडेका थिए ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २५ बलमा ४६, डेभिड वार्नरले ४८ बलमा २६, उस्मान ख्वाजाले २० बलमा १० र मिचेल स्टार्कले ४ बलमा ५, एलेक्स क्यारीले ३ बलमा ४ र शाउन मार्शले ९ बलमा ३ रन बटुलेका थिए ।

श्रीलंकाका लागि धनन्जय डी शिल्भा र इसुरु उडानाले समान २ विकेट लिए । लाथिस मलिङ्गाको नाममा १ विकेट रह्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob